९ चैत्र २०७७, सोमबार   219 पटक हेरिएको


image

राष्ट्र उत्थान लघुवित्तले साधारण शेयर निष्काशन गर्ने राष्ट्र उत्थान लघुवित्तले साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । यस लघुवित्त कम्पनीको आइतबार सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले आ.ब.२०७६/०७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, नाफा नोक्सानको बिबरण,नगद प्रबाह बिबरण तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गरेको छ । साथै सो सभाले अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ। उक्त साधारण सभाले अरु बित्तीय कम्पनीसंग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।





सम्बन्धित समाचार