९ चैत्र २०७७, सोमबार   264 पटक हेरिएको


image

रास्ट्रीय गौरबको आयोजना तथा बहुप्रतिक्षित माथिल्लो तामाकोशी आयोजनाबाट नयाँ बर्ष २०७८  बैशाख १ गतेदेखि बिजुली उत्पादन गर्ने तयारी थालिएको छ । बिजुली उत्पादनका लागि तामाकोशी आयोजनाको बाँधमा पानी जमाउने काम आइतबारबाट देखि थालिएको हो ।

मुलुककै अहिलेसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशीले आज एक सूचना जारी गर्दै चैत ८ गतेदेखि १६ गतेसम्म बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट स्टपलगायत हेडवक्र्सको परिक्षण गर्न लागेको जनाएको छ । सो आयोजनाको बिभीन्न पक्षमा परिक्षण गर्न लागिएकोले बाँधमा पानी जम्मा गर्ने र पठाउने काम भइरहेको हुँदा आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गर्न आग्रह गरेको छ ।

अहिले सम्म कै धेरै बिधुत उत्पादन गर्ने तथा ४५६ मेगावाट क्षमताको आयोजनाबाट सुरुमा एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको माथिल्लो तामाकोशी आयोजनाका अध्यक्ष तथा बिधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । हाल यस आयोजनाको शेयर बजारमा यो समाचार तयार गर्ने समयमा ७१० पुगेको छ ।





सम्बन्धित समाचार