८ चैत्र २०७७, आईतवार   686 पटक हेरिएको


image

नेपाल इन्सुरेन्सले चैत २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यस नेपाल ईन्सुरेन्स कम्पनीले ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

यस नेपाल ईन्सुरेन्स कम्पनीको साधारण  काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि  यही २०७७ चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहने सेयरधनीले  मात्र लाभांश पाउन र सभामा भाग लिन पाउने योग्य हुनेछन् । नेपाल इन्सुरेन्सले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीमा बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो





सम्बन्धित समाचार