८ चैत्र २०७७, आईतवार   286 पटक हेरिएको


image

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा चैत्र ६ गते विहान एपीएफ टोलीले फेला पारेको छ । सीमा स्तम्भ नम्बर ११९÷८ (सानो) खोलाले बगाई हराईरहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो । सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।





सम्बन्धित समाचार