७ चैत्र २०७७, शनिबार   582 पटक हेरिएको


image

बिरुवा गाउपालिका स्याङ्जा जिल्लाको पुर्बोत्तर भागमा रहेको छ । जिल्ला सदरमुकामबाट खासै टाढा नभए पनि बिकासको अबसरमा भने यो पालिकाले अपेक्षित लाभ लिन सकेको थिएन । स्थानिय तहको चुनाबसंगै हाल आएर भने यो पालिकाले बिकास निर्माणको काममा उल्लेखनीय प्रगती हासिल गर्दैछ । प्रस्तुत छ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसंग हाम्रा सहकर्मी लक्ष्मी श्रेष्ठले कुराकानी गरेका छन्:

गाउपालिकाका बिकास गतिबिधीहरु के कस्तो चलेका छन ?

गाउपालिकामा बिकास निर्माणका कार्यहरु सुचारु रुपमा अगाडि बढेका छन । वडा तथा पालिकाबाट सन्चालित अधिकाम्स योजनाहरु सन्चालनको चरणमा छन भने दैनिक १/२ वटा योजनाहरु कार्य सम्पन्न गरि भुक्तानिको लागि आउने गरेका छन । यसैगरी ठेक्का प्रक्रीया बाट सन्चालन हुने योजनाहरु पनि कार्यन्वन्यनको चरण मै रहेका छन । एउटा बृहत् खानेपानी योजना भने बिबिध कारणबस ठेक्का प्रक्रीया मा गैसकेको छैन ।

गाउपालिकामा यस आब मा सन्चालन हुने मुख्य योजना हरु के के हुन ?

बिरुवा गाउपालिकाले कृषी, पुर्बाधार, स्वास्थ्य तथा पर्यटनमा विशेष जोड दिएको छ । पालिकाका आठवटै वडामा नमुना कृषि कार्यक्रम सन्चालन गरि कृषिजन्य उत्पादन मा आत्मनिर्भर हुने प्रयास गरिएको छ । गाउपालिकाका सबै वडाका केन्द्रहरुबाट पालिकाको सदरमुकाम जोड्ने सडक बार्है महिना सन्चालन हुने गरि स्तरोन्नति गर्ने काम भैराखेको छ । भन्ज्याङ बाहु बिरुवा र दम्सिदी शिखर्सिङ् भलडाडा सडक स्तोरन्नतीको लागि ठेक्का प्रक्रीया अगाडि बाढाइएको छ । गाउपालिकाको केन्द्र देखि वाडा न ८ र ७ हुँदै वालिङ जोड्ने साडक उपभोक्ता समिती मार्फत अगाडि बढाइएको छ । यसै आर्थिक बर्षमा दुई वाटा झलुङे पुल निर्माणको कार्य सम्पन्न भएको छ । बृहत् मनकामना क्षत्र पर्यटन कार्यक्रम अगाडि बाढाइएको छ ।

हालसम्म गाउपालिकाको पुजिगत खर्छ कति पुगेको छ ?

गाउपलिकाको पुजिगत खर्च झन्डै ४० % पुगेको छ । थुप्रै योजनाहरु कार्यसम्पनताको चरणमा रहेका छन । गाउपालिकाको चालू तर्फको खर्छ भने ६५ % पुगेको छ ।

स्वास्थ्य र शिक्षा क्षत्र लाई जोड दिएर कस्ता कार्यक्रम सन्चालन गरिएको छ ?

नेपाल सरकार मार्फत सन्चालन गरिएको कोभिड विशेष अस्पताल लाई पालिकाले अपनत्व लिएर निरन्तरता दिएको छ । चिन्नेबास स्वास्थ्य चौकिमा एमबिबिएस डक्टर तथा स्टाफ नर्स मार्फत सेवा प्रदान गरिएको छ । यहाँ छिट्टै ल्याब सेवा समेत सन्चालन गर्ने गाउपालिकाको तयारी छ । स्वास्थ्य सस्था नभएका दुई वाटा वडामा यसै बर्स सामुदायिक स्वास्थ्य केन्द्र भबन निर्माण को कार्य सम्पन्न गरिदै छ । यश बर्स तिनवटा बिधालयका नया भबन निर्माण हुँदै छन । थुप्रै बिधालयमा बिज्ञान प्रयोगशाला , पुस्तकालय तथा शौचालय निर्णाम गर्ने कार्यहरु अगाडि बढेको छन ।

यस बाहेक पालिकामा सन्चालनमा रहेका अन्य नमुना कार्यहरु के के रहेका छन ?

गाउपालिकाको आफ्नै आधुनिक प्रशासकिय भबन निर्माणको कार्य अगाडि बढेको छ । यश कार्यको झन्डै २५ % कार्यप्रगती रहेको छ । ३ वटा कृषि पकेट क्षत्र तथा एउटा ब्लक कार्यक्रम सन्चालनमा रहेको छ । गाउपालिकाको आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गर्ने काम जारी रहेको छ । आगामि शैक्षिक क्षत्रबाटै केही कक्षाहरुमा यो पाठ्यक्रम लागू गरिने छ । गाउपालिकामा भुसेवा केन्द्र सन्चालनमा आएको छ ।

गाउपालिकाको आन्तरिक आम्दानिको अवस्था कस्तो रहेको छ ?

गाउपालिकाको आन्तरिक आम्दानिका श्रोत हरु सिमित रहेका छन । पटके कर , दहत्तर बहत्तर कर तथा एकिकृत सम्पती कर नै मुख्य आम्दानिको श्रोत हरु हुन । गाउपालिकाले यस आर्थिक बर्समा कुल ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष राखेकोमा सो लक्ष भने हासिल हुने अबस्था देखिन्छ ।

गाउपालिकाको मुख्य सम्भाबनाका क्षत्रहरु के के रहेका छन ?

कृषि तथा पर्यटन नै गाउपालिकाका मुख्य सम्भाबनाका क्षत्रहरु हुन । कृषितर्फ तरकारी खेती , दुग्ध ब्यवसाय र मत्श्यपालन तुलनात्मक लाभका क्षत्र हुन । माशुजन्य पशुपन्क्षी तथा महुरी पालनको पनि उच्चसम्भाबना रहेको छ । फलफुल खेतिमा भने सुन्तला खेतिको राम्रो बिकाश भएको छ । सुन्तला खेतीबाट गाउपालिकामा बर्सेनि करोडौ रकम भित्रीने गरेको छ । प्रसिद्ध मनकामना मन्दिरले पर्यटनको सम्भाबना लाई उजागर गरेको छ ।

गाउपालिकामा बिका निर्माण कार्यमा मुख्य चुनौती हरु के के रहेका छन ?

सिमित श्रोत र असिमित आवश्यकता एउटा महत्वपुर्ण समस्या हो । श्रम शक्तिको पलायन र बसाइ सराइ पनि चुनौतिको रुपमा रहेको छ । निर्माण कार्यहरुको गुणस्तर कायम गर्नु पनि चुनौती पुर्ण रहेको छ । कमजोर सडक पुर्बाधारले बिकासमा थप चुनौती दिएको छ ।

अन्त्यमा छुटेको विषयहरु केही छन कि ?

सहभागीतामुलक बिकास अहिलेको आवश्यकता हो । आफ्नो टोल छिमेकमा सन्चालित बिकास निर्माण कार्यहरुको जनस्तर बाट निरनिरन्तर निगरानी आवश्यक छ । जनप्रतिनिधी , कर्मचारि र जनाताको सहकार्य बाट मात्र सम्बृद्द बिरुवा निर्माण को अभियान सफल हुन सक्दछ ।





सम्बन्धित समाचार