PalikaExpress
७ चैत्र २०७७, शनिबार
1050 पटक हेरिएको

काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बर मा उक्लेको हो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्थानमा परेको थियो । त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ । दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगानिस्थान रहेको उक्त प्रतिबेदनमा देखाएको छ।
