७ चैत्र २०७७, शनिबार   904 पटक हेरिएको


image

अंतरास्ट्रिय रुपमा चर्चित मोबाईल एप तथा भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ । यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर अपलोड गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । यसै बिषयलाई लिएर पश्चीमी देशले आफ्नो देशमा टिकटक बन्द नै गरेका छन भने छिमेकी देश भारतले पनि सुरक्षा कै कारण देखाई टिकटक बन्द गरेको छ ।नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार बिभिन्न संघ संगठनका कर्मचारीले कार्य कक्ष मा भिडियो बनाई अपलोड गरेको पाईएको छ । बिभिन्न संघ संगठन तथा बैंकका कर्मचारी आदिले  ड्युटी यूनीफर्ममा नै  भिडियो बनाई सार्वजनिक गर्ने गरेको पाईएको छ । आफुलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड ,गाली गलौज गरिदिने प्रवृत्ति बढेको छ ।प्रहरी प्रशासनका अनुसार साइबर अपराधमा टिकटकले अपराधिक घटनालाई बढ़ावा दिईरहेको जानकारी दिनु भएको छ  । सरकारले यस्ता एपको समयमानै कानून को दायरामा नराखें वा बन्द नगरे सुरक्षाकर्मी तथा प्रशासन  कै टाउको दुखाईको बिषय नबन्ला भन्न सकिन्न ।टिकटकबाटै गोपनीयता भंग चरीत्र हत्या , ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए ।

पछिल्लो समय अपशब्द बोल्ने,अभद्र व्यवहार गर्ने,रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्ने जस्ता गलत प्रयोग भएको छ । टिकटकबाटै मानसिक तनाब , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्ने महिला संख्या पनि बढेको छ । कोही यही टिकटक कै कारण आफु चर्चित तथा भाईरल हुने रहरले जोखिम लिएर भिडियो बनाएका छन भने केहिको त अनाबस्यक दुर्घटनामा परि मृत्यु समेत भएको छ  ।कुनै पनि कुराको राम्रो र नराम्रो पक्ष हुन्छन त्यस्को प्रयोगकर्ताको प्रयोगमा भर पर्छ । यसै मोबाईल एपको प्रयोगले राम्रा राम्रा सन्देश संप्रेषण गर्न तथा आफूमा भएको प्रतिभा ब्यक्त गर्ने प्लेटफर्म पनि भएकोले यसलाई कसरी प्रयोग गर्ने आफुमा भर पर्ने हुन्छ त्यसकारण  अबको समयमा सरकारले यस टिकटक बन्द गर्ने की यसलाई सही कार्यात्मक क्षेत्रमा लगाऊँन दिशाबोध गराऊने हो आगामी दिनले बताउने छ ।





सम्बन्धित समाचार