७ चैत्र २०७७, शनिबार   409 पटक हेरिएको


image

अहिले जसरी शेयर बजारमा सजिलै बढ़ी नाफा तथा लाभाश प्राप्त हुन्छ भन्ने मनसाय र लहलैहका साथ शेयर बजारमा मानिसको ओईरो लागेको छ तेस्तै अहिले नेपालमा लगानी गर्ने लगानीकर्ताको मनमा पुनर्बीमा कम्पनीबाट ब्यापार ब्यबसाय राम्रो हुने आशाका साथ कम्पनी खोल्ने होड़बाजी चलेको जानकारी प्राप्त भएको छ । नेपालमा प्राय कुनै एउटा व्यापार ब्यबसाय सफल भयो भने सबैको ओइरो त्यतै लाग्छ । नयाँ केही फरक सोचेर गर्नु भन्दा पनि उस्तै व्यापार गर्ने होडबाजी चल्ने गर्छ । केही समय अघि नेपालमै पुनर्बिमाको आवश्यकता देखेर नेपाल पुनर्बीमा कम्पनीको स्थापना भएको थियो ।

जसको आकर्षण बढेपछि अहिले सम्म  थप चार पुनर्बिमा कम्पनीहरु पनि खुल्ने क्रममा छन् ।अहिले यो ब्यबसायको लागि उच्च व्यावसायिक घरानादेखि बीमा क्षेत्रमै आवद्ध रहेका व्यक्तिहरुले पुनर्बीमा कम्पनी खोल्न सक्रियता देखाएका छन् । अहिले तत्काल बीमा समितिले रोके पनि यतिबेला चार वटा प्रस्ताविक कम्पनीहरु चर्चामा छन् । काठमाडौं रि-ईन्सुरेन्स, जेन्यून रि-ईन्सुरेन्स, अन्नपूर्ण रि-ईन्सुरेन्स, प्रुडेन्सियल रि-ईन्सुरेन्स नामक चार वटा कम्पनी प्रस्ताव गरेर छुट्टाछुट्टै समूहले लाइसेन्स प्राप्त गर्न लागि परेको छन ।

नेपाली बजार सानो भएका कारण र सबै जोखिम एकै ठाउँमा केन्द्रीत(all eggs in a single basket) गर्दा देशको अर्थतन्त्र समेत धरासायी हुने भएका कारण  चाहिने भन्दा धेरै पुनर्बीमा कम्पनीको आवश्यकता नरहेको पुनर्बीमा सम्बन्धी विज्ञहरु बताउँछन्। तेस्तै,प्रस्तावित पुनर्बीमा कम्पनीहरु मध्ये काठमाडौं रि- ईन्सुरेन्समा बीमा सम्बन्धीमा विज्ञहरुको समूह रहेको र उक्त बीमा कम्पनीमा बिमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष , बीमा कम्पनीका सबै भन्दा पुराना सीईओ, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष र आईएमई लाइफ ईन्सुरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत आदिको सामूहिक  सक्रियता देखिएको छ  । यस कम्पनीले भने विदेशी साझेदार जुटाइसकेको जानकारी प्राप्त भएको छ भने अर्को, जेन्यून रि-ईन्सुरेन्समा बीमा कम्पनीमा पनि बिमा क्षेत्रका विज्ञहरु रहेका छन् । यस कम्पनीले भने विदेशी साझेदार जुटाइसकेको छैन ।

काठमाडौं रि- ईन्सुरेन्समा बीमा समिति तथा नेपाल पुनर्बीमा कम्पनीको नेतृत्व चलाइसकेका र बीमा कम्पनी चलाएका अनुभवी व्यक्तिहरुको दक्ष समूह छ ।अहिले यी बिमा कम्पनीले संचालनको लागि  लिखित सहमति प्रतिबद्धता प्राप्त गरिरहेको प्रस्तावित कम्पनीका सञ्चालकहरु बताउँछन् ।





सम्बन्धित समाचार