४ चैत्र २०७७, बुधबार   171 पटक हेरिएको


image

केही दिन देखि लगातार घटिरहेको बजार हिजोबाट केही सुधारको अवस्थाले बजारमा हरियाली छाएको छ । आज साताको चौथो दिन बुधबार बजार दोहोरो अंकले बढेको छ। 

नेप्से परिसूचक २४३२.१४ को विन्दुमा पुग्दा आज नेप्से ४०.४० अंकले बढेको छ ।कारोबार रकम भने घटेर ३ अर्ब ३७ करोड रुपैयाँमा सीमित बनेको छ।आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा कारोबार भएका छन्।

आज बजारको समग्रमा निफ्राको सबै भन्दा बढ़ी  २० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफ इ्रन्स्योरेन्सको १८ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १६ करोड ४१ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १४ करोड २० लाख रुपैयाँ, नेपाल टेलिकमको ११ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६८ लाख रपैयाँ, प्रभु बैंकको संस्थापक सेयरको १० करोड ७३ लाख रपैयाँ, नेपाल बंगलादेश बैंकको १० करोड ३१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ९ करोड ७ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

तेस्तै आज बजारमा धेरै गुमाऊने कम्पनीहरुमा घलेम्दी हाइड्रोपावर ,गुडविल फाईनान्स, गुहेश्वरी मर्चेंट आदिका सेयरधनीहरुले गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।





सम्बन्धित समाचार