४ चैत्र २०७७, बुधबार   415 पटक हेरिएको


image

चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।यस  हाइड्रोपावर कम्पनी कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ।

यस हाइड्रोपावर कम्पनीको शेयर  निष्कासन तथा बिक्री प्रबन्धकका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ  । 

शेयर  निष्कासन तथा बिक्री प्रबन्धकका सम्झौता पत्रमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक केदारनाथ कार्कीले हस्ताक्षर गरेका हुन् ।





सम्बन्धित समाचार