४ चैत्र २०७७, बुधबार   319 पटक हेरिएको


image

धेरै लगानीकर्ताको पर्खाईमा रहेको सर्वोत्तम सिमेन्टको साधारण सेयर जारी गर्नका लागि बिक्री प्रबन्धक तोकेको छ । यस कम्पनिको शेयर बुक विल्डिङ विधि मार्फत् निष्काशन गर्नको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको हो । साथै सर्वोत्तम कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटलहरुलाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

यस सर्वोत्तम कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ % अर्थात् ६० लाख कित्ता साधारण सेयर जारी गर्ने लागेको हो । बुक विल्डिङ विधिमार्फत् साधारण सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ । तर बिक्री मूल्यको तल्लो सीमा त्यसको २०% कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २०% ले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । यस कम्पनीको शेयर मूल्य अहिले सम्म तोकेको छैन । साधारण शेयरबाट प्राप्त रकम मध्ये ४०% ऋण भुक्तानी गरी सत प्रतिशत ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने रहेको र यसबाट ४ वर्षपछि हरेक बर्ष  प्रतिफल ७५% भन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ। साधारण शेयर जारी पश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश गरी कुल ३५% लाभांश दिने निश्चित भएकोले सो बापत झन्डै रु. १०० प्रतिसेयरको आम्दानी तत्कालै हुने कम्पनीको दाबी छ। 

कम्पनिको साधारण शेयरमा जम्मा जारी गरिने कुल ६० लाख कित्ता साधारण सेयर मध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीको लागी , अनि ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ । यस कम्पनीको इक्राबाट कम्पनीले साधारण शेयर रेटिङ बीबीबी प्लस पाएकोले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ।





सम्बन्धित समाचार