३ चैत्र २०७७, मंगलवार   161 पटक हेरिएको


image

नेपाल राष्ट्र बैंकले आइक्याश प्रा.लि.लाई डिजिटल माध्यमबाट भुक्तानी सेवा सम्बन्धी कार्य गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आइक्याश प्रा.लि.ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो।यस आइक्याश प्रा.लि २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरु माझ ल्याउने जानकारी दिएका छन ।

चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यस कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप नयाँ रुपमा परिस्कृत गरि नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ।

नेपालमा दिन प्रतिदिन डिजिटल भुक्तानीलाई थप नयाँ ढंगबाट अगाडी बढाई मुद्रा कारोबारमा कमि ल्याउन डिजिटल माध्यमलाई  यस  कम्पनीले बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ।





सम्बन्धित समाचार