३ चैत्र २०७७, मंगलवार   236 पटक हेरिएको


image

चन्द्रागिरी हिल्स लिमिटेड (CGH)को शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७ रुपैयाँले बढेर अन्तिम मूल्य १०६९ रुपैयाँ पुगेको हो। निरन्तर ओरालो लागेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको मूल्यमा बढिरहेको छ ।     

यही २०७७ माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । 

त्यस्तैगरि  केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । आज बजार नेप्से २.५६ अंकले बढेर बजार बन्द भएको छ ।  आज बजारबाट धेरै कमाऊने कम्पनीहरुमा चन्द्रागिरी हिल्स लि, जोशी हाईड्रो ,घलेम्दी हाईड्रोपावर ,ग्रीन लाईफ हाईड्रोपावर आदि रहेको छ ।





सम्बन्धित समाचार