
नागरिक लगानी कोष (CIT) को संस्थापक समूहको नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको सेयर आज चैत ३ गतेबाट लिलामीमा राखिएको छ।नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष (CIT) को ४,६८,८२८ कित्ता सेयर लिलामीमा राखिएको हो। यो शेयरमा अहिले भैरहेको संस्थापक तथा जो कोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गरि खरीद गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १,५०२.५० रुपैयाँ राखिएको छ। ईच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोल कबोल गरी बोलपत्र पेस गरि आबेदन दिन सक्ने छन । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। यस कम्पनिको धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडले रहेको जनाएको छ।
बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो चैत १७ गते बैंकिङ समयसम्म पेस गरिसक्नुपर्नेछ।