३ चैत्र २०७७, मंगलवार   301 पटक हेरिएको


image

चन्द्रागिरी हिल्स लिमिटेड (CGH)ले आयोजना प्रभावित क्षेत्रको लागि जारी गरेको साधारण सेयर हितग्राही खाता नम्बर हुबहु मिलेका सेयरधनीको खातामा जम्मा भइसकेको  छ । यस CGH कम्पनीले हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका सेयरधनीको सेयर हितग्राही खातामा जम्मा गर्नका लागि हितग्राही खाता उपलब्ध गराउन आग्रह गरेको छ ।

कम्पनीले आफ्नो हितग्राही खाता कम्पनी अथवा सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको email ठेगानामा पठाउन अनुरोध गरेको हो । कम्पनीले पहिलो चरणमा यही २०७७ मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।





सम्बन्धित समाचार