३ चैत्र २०७७, मंगलवार   189 पटक हेरिएको


image

हाईड्रो पावरमा लगानी गर्ने ईच्छुक लगानीकर्तालाई सुबर्ण अवसरको रूपमा हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(HIDCL) हकप्रद शेयर जारी गर्न केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिएको छ । HIDCL कम्पनीले केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिए ।

ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ ।कम्पनीका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो,जून  अहिले त्यो पनि हटिसकेको छ कम्पनीले जानकारी दिएको छ ।

यस हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(HIDCL)ले १:१  कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो । कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार