
निफ्राले दिन प्रतिदिन लगानीकर्तालाई बजार घटे पनि यस बैंकको बजारमूल्य बढ़ी रहेको अवस्थामा अर्को सकारात्मक सूचना दिएको छ । यस बैंकले स्वदेशमा मात्र होईंन ,बिदेशमा लगानी गरि सो बाट प्राप्त आम्दानीले नेपालको पुर्बाधारमा बिकाश गर्ने उद्देश्यका साथ(NIFRA)ले लन्डन स्टक एक्सचेन्जमा ऋणपत्र जारी गर्ने जानकारी प्राप्त भएको छ । यस बैंकले अन्तर्राष्ट्रिय लगानीका लागि पूँजी जुटाउन बजारमा ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA)का प्रमुख कार्यकारी अधिकृतका अनुसार चालु आर्थिक वर्ष भित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गरिँदैछ। यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन बैंकलाई स्वीकृति दिइसकेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA)का अनुसार पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकले जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । उक्त साधारण शेयर अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक संस्थाले ‘क्रेडिट र्यापिङ’ पनि गरिसकेको छ ।