२ चैत्र २०७७, सोमबार   250 पटक हेरिएको


image

साधारण शेयरमा लगानि गर्न मन पराउनेहरुको लागि अर्को लघु बित्त कम्पनीले जारी गर्ने लागेको छ ।बिगत केही समय पछि नेपालको पूंजी बजारमा लगानी गर्ने लगानीकर्ता बढीरहेको पाईन्छ। भर्खर बजार प्रबेस गरेकालाई साधारण शेयरबाट राम्रै आम्दानीको कारण बजारप्रति बिशेष चासो रहेको छ । यसै पनि बजारमा साधारण शेयर भने पछि हानथाप भएर आबेदन दिनेको सख्यांले गर्दा अहिलेको समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थामा भीड़ बढेको देखिन्छ ।

अहिले १० वटा भन्दा बढ़ी कम्पनीहरुको शेयर जारी गर्न पाइपलाईनमा रहेका छन् । यस्तै, एक दर्जन बढी कम्पनीले शेयर जारीको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् । जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले साधारण शेयर जारीको लागि  धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।लगानीको अत्याधिक आकषर्णका विच धेरै कम्पनीहरुले शेयर निष्कासन गरिरहेका छन ।

६ अर्व रुपैया भन्दा धेरै रकमको शेयर निष्कासनको प्रक्रियामा रहेका छन ।यसै विच मनकामना स्मार्ट लघुवित्तले साधारण शेयर  निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस साधारण शेयरलाई इक्रा नेपालले आइआर “बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ ।यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

यस लघु बित्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।





सम्बन्धित समाचार