२ चैत्र २०७७, सोमबार   225 पटक हेरिएको


image

ग्रीन लाईफ हाईड्रोपावर (GLH) को १ करोड ८० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो ।

यस सँगै कम्पनीको उक्त सेयर यही चैत ३ गते  देखि दोश्रो बजारमा किनबेच हुने भएको छ । जसको लागि कम्पनीको सिम्बोल (GLH) दिइएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ ।यस हाईड्रो कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यको लागि सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।





सम्बन्धित समाचार