२ चैत्र २०७७, सोमबार   294 पटक हेरिएको


image

ज्योति लाईफ इन्सुरेन्सको साधारण सेयर यसै साता भित्र बाँडफाँट हुने भएको छ ।यस इन्सुरेन्स कम्पनीमा परेको आवेदनहरु रुजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबारसम्म प्रि-अलोटमेन्ट गर्ने तयारी गरिएको बताएको छ ।

कम्पनीको साधारण शेयर प्रि-अलोटमेन्ट गरेपछि ढिलोमा शनिबारसम्म सेयर बाँडफाँट गरिने निष्काशन तथा विक्री प्रबन्धक जनाएको छ ।यसको साधारण सेयरमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । ज्योतिको साधारण सेयरमा परेको आवेदन हालसम्मका कुनै पनि साधारण सेयरमा परेको सबैभन्दा धेरै आवेदन हो ।

यसअघि महिला लघुवित्तको साधारण सेयरमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो।कुल निष्काशित साधारण सेयरमध्ये ५% ,३ लाख ३० हजार कित्ता कम्पनीका कर्मचारी र अर्को ५%, ३ लाख ३० हजार कित्ता० नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।





सम्बन्धित समाचार