१ चैत्र २०७७, आईतवार   611 पटक हेरिएको


image

साधारण शेयर जारी गर्ने कम्पनीहरुमा सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर जारी गर्नको अनुमति माग्दै आवेदन पनि दिइसकेको छ ।यस हाइड्रोपावर कम्पनीले गत हप्ता बोर्डमा आवेदन दिएको हो ।

यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो । स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

अब नेपाल धितोपत्र बोर्डबाट स्विकृती प्राप्त गर्न साथ साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर बिक्री प्रवन्धक भने एनआईबिएल एस क्यापिटल रहेको छ । सबै कुरासत्य तथ्य बुझी बोर्डले केही समयमा उपयुक्त लागेमा अनुमति दिने छ र नेपाली शेयर बजारमा चाडै जारी हुने छ ।





सम्बन्धित समाचार