PalikaExpress
१ चैत्र २०७७, आईतवार
1032 पटक हेरिएको

सिजी ब्राण्डका बस्तु उत्पादन गर्ने तथा वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनी सिजी फुड्सले नेपालमा पनि साधारण शेयर निष्काशन गर्ने भएको छ । सिजी कम्पनीका मालिक अर्बपति विनोद चौधरीले नेपाली पुँजीबजारमा वाईवाईको साधारण शेयर निष्काशन गर्ने बताएका छन्। यसअघि उनले भारतमा वाईवाईको साधारण शेयर ल्याउने बताउँदै आएका थिए । अहिले आएर उनले नेपाली शेयर बजारमा पनि साधारण शेयर निष्काशन गर्ने बताएका हुन् ।
पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टबाट आयोजित साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा उनले वाईवाईको साधारण सेयर नेपाली बजारमा लिएर आउने बताएका हुन । पत्रकारको प्रश्नको उत्तर दिदै वाइवाइलाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले यस्तो बताएका हुन् । उनका थुप्रै कम्पनीहरुले साधारण शेयर जारी गरेर जनतामा गएका छन् ।