२९ फाल्गुन २०७७, शनिबार   399 पटक हेरिएको


image

ज्योति लाईफ ईन्सुरेन्स कम्पनीले निष्काशन गरेको साधारण शेयरमा अहिले सम्मको  धेरै आवेदन परेको छ। यो ईन्सुरेन्स कम्पनिको शेयरमा DEMAT खाता खोल्नेको कुल ५८ % जतीले आबेदन दिएको छन ।यही शुक्रबार सम्ममा DEMAT खाता ३१लाख ५८ हजार ७९६ जनाले खोलेका छन भने यो ईन्सुरेन्स कम्पनीमा आबेदन दिनेको संख्या भने १८ लाख ३२हजार भन्दा बढ़ी रहेको जानकारी प्राप्त भएको छ।

यति धेरै ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ ईन्सुरेन्स कम्पनीको साधारण शेयर  गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको छ ।

यस ज्योति लाईफ ईन्सुरेन्स कम्पनीले यही फाल्गुन २१ गते बाट बिक्री खुल्ला गरि फाल्गुन २६ गते सम्म जारि गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ५% अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

सबैलाई १० ,१० कित्ता पनि बाड़फाड़ गर्दा भाग नपुग्ने भए पछी गोलाप्रथा माध्यमबाट भाग लगाउदा ५ लाख ९४ हजार जनाले मात्र प्राप्त गर्ने छन भने बाक़ी १२ लाख ३८ हजार भन्दा बढ़ीको हात खाली हुने पक्का नै छ । ज्योति लाईफ ईन्सुरेन्स कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार अब छिट्टै बाँडफाड हुने छ ।





सम्बन्धित समाचार