नेपाली शेयर बजारमा शेयर लगानीकर्ताको अध्याधिक बढ्दै गएकोले अहिले भैरहेको “मेरो शेयर” मा धेरै चाप परेकोले अब सीडीएससीको छुट्टै वेबसाइटमार्फत सजिलैसंग साधारण शेयर आवेदन गर्न मिल्ने साईट बनाउने भएको छ । साधारण शेयर आवेदन गर्दा असहज र झञ्झट हुन थालेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले साधारण शेयर निष्कासनमा आवेदन सहज ढंगले दिन मिल्ने गरी अलग्गै वेबसाइट बनाउने भएको हो । प्राय जसो नयाँ कम्पनीका साधारण शेयर निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउने तयारी भइरहेको सीडीएससीले जानकारी दिएका छ ।
सीडीएससीका अनुसार सीडीएससको सब–डोमेनबाट अब नयाँ कम्पनीका साधारण शेयर आवेदन गर्ने प्रयोजनार्थ अलग्गै वेबसाइट तयार हुनेछ । मेरो शेयरबाट आबेदन दिने समयमा र कारोबार समयको सेवाहरुमा अधिक चाप परेका कारण पनि सीडीएससीको वेबसाइटमा समस्या परेको जनाएको छ ।
ईन्टरनेट सुबिधा भएको स्थानबाट सजिलै खरीद बिक्री गर्न सक्ने भएकोले धेरै जना सहभागिताको कारणले अहिले भएको साईटमा समस्या आएको जानकारी प्राप्त भएको छ। अहिले धेरै भन्दा धेरै लगानीकर्ताहरु थोरै समयमा मनग्यै मुनाफा हुन थालेपछि साधारण शेयर प्रति बजारमा आकर्षण बढ्दै गइरहेको छ । सीडीएससीका अनुसार आजसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् । यसैगरी हाल बिक्री खुल्ला गरेको ज्योति लाईफ ईन्सुरेन्स कम्पनीको साधारण शेयरमा आवेदन दिनेको संख्या करिब १८ लाख ६१ हजार भन्दा बढीको आवेदन परेकोबाट पनि थाहा हुन्छ की आगामी दिन यो भन्दा बढ़ी आबेदन नपर्ला भन्न सकिन्न ।