२८ फाल्गुन २०७७, शुक्रबार   328 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जीले यही चैत्र ६ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।यस कम्पनीको साधारण शेयरमा यही २०७७ चैत्र ६ गतेदेखि चैत्र १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वा ढिलोमा चैत्र २० गतेसम्म दिन सकिनेछ ।न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि– आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।

यस कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि नै आबेदन दिंदा उपयुक्त हुने छ । दिन प्रति दिन नयाँ नयाँ DEMAT खाता खोल्ने नयाँ लगानीकर्ताको आगमनले IPO (साधारण शेयर) प्राप्त गर्न गोलप्रथा र भाग्यमा नै भर पर्नु पर्ने तर दीर्घकालीन रुपमा हेर्ने हो भने नयाँ लगानिकर्ता बजार प्रबेशले केही हद सम्म सकारात्मक लिन सकिन्छ।





सम्बन्धित समाचार