२८ फाल्गुन २०७७, शुक्रबार   520 पटक हेरिएको


image

काठमाडौं । कुमारी बैंकले बचतको ब्याज दर यथावत राख्दै मुद्दती निक्षेपको ब्याज दर वृद्धि गरेको छ । चैत १ देखि लागू हुने गरी बैंकले मुद्दती निक्षेपाको ब्याज दर बढाएको हो ।

संस्थागत निक्षेपकर्ताको ब्याजमा भने यसअघि ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्म ५.२५ प्रतिशत, पाँच वर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज रहेकोमा तीन महिनाभन्दा माथिका सबै संस्थागत मुद्दती निक्षेपको ब्याज ७ प्रतिशत पु¥याएको छ । बैंकले तीन महिनादेखि एक वर्षे अवधिको मुद्दती निक्षेपको ब्याज आधा प्रतिशत बिन्दुले बढाएको हो । ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पुराएको जनाएको छ ।





सम्बन्धित समाचार