PalikaExpress
२७ फाल्गुन २०७७, बिहीबार
846 पटक हेरिएको

रिलायन्स स्पिनिङ्ग मिल्सले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ्ग विधिबाट शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यस रिलायन्स स्पिनिङ्ग मिल्स कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।जम्मा जारी गर्न लागेको कित्ता मध्य ४०% सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६०% सेयर सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।
शेयर जारी गर्न सम्झौता पत्रमा कम्पनीको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र ग्लोबल आइएमई क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गर्नु भएको जानकारी प्राप्त भएको छ ।