२७ फाल्गुन २०७७, बिहीबार   992 पटक हेरिएको


image

फागुन २६, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर शुक्रवारदेखि विक्री खुल्ला हुने भएको छ । कम्पनीले संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । संस्थापक समूहको हकमा ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको हकमा ९ हजार ७४ कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले साना किसान विकास लघुवित्तका शाखा कार्यालयहरु, बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौँडा, बुटवल, गजुरी, पोखरा, विरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम दिन चैत १३ गतेसम्म रहेको छ ।लघुवित्तको शेयर को विक्री प्रबन्धक मा नबिल इन्भेष्ट मेण्ट बैंकिङ लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार