२६ फाल्गुन २०७७, बुधबार   1432 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्न रेटिङ प्राप्त गरेको छ।यस लघुवित्तलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसको अर्थ लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम किसिमको रहेको जनाउँदछ ।साधारण शेयरमा लघु बित्तको शेयर पर्यो भने राम्रै प्रतिफल प्राप्त हुने भएको कारणले लगानिकर्ता लघु बित्त प्रतिमा चासो दिएका हुन्छन् ।

यस जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ बराबरको १९ लाख ७७ हजार कित्ता आइपीओ निष्काशन गर्ने जनाइएको छ। हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

यस  कम्पनीले साधारण शेयर  जारी गर्न एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्ति गरिसकेको छ ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १२१७.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८४.४६ रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार