२६ फाल्गुन २०७७, बुधबार   514 पटक हेरिएको


image

केही समय देखि कारोबार रोकिएको एनआईसी एसिया लघुवित्त  र स्वदेशी लघुवित्तले मर्जरपछि यही २०७७ चैत्र ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । कम्पनीको यही २०७७ माघ ४ गते बसेको दुवै संस्थाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २३ गते एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको कम्पनीले जनाएको छ । एकिकृत कारोबारपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय हाल स्वदेशीको केन्द्रीय कार्यालय रहेको स्थान इटहरीमा रहने जनाएको छ । 

एकिकृत कारोबारको लागि डाटा माइग्रेसनको कार्य गर्नु पर्ने भएकोले चैत्र ६ गते दुवै संस्थाको सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ  । कम्पनीको १००:९४ को स्वाप रेसियोमा यी दुई संस्था मर्ज भएका हुन् । एनआईसी एसिया लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।





सम्बन्धित समाचार