२६ फाल्गुन २०७७, बुधबार   526 पटक हेरिएको


image

बिगत केही समय पछि नेपालको पूंजी बजारमा लगानी गर्ने लगानीकर्ता बढीरहेको पाईन्छ। भर्खर बजार प्रबेस गरेकालाई साधारण शेयरबाट राम्रै आम्दानीको कारण बजारप्रति बिशेष चासो रहेको छ । यसै पनि बजारमा साधारण शेयर भने पछि हानथाप भएर आबेदन दिनेको सख्यांले गर्दा अहिलेको समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थामा भीड़ बढेको देखिन्छ । संयोग यसै समयमा बिभिन्न कम्पनीले  पूँजी वृद्धि गर्न धमाधम साधरण सेयर जारी गर्न थालेका छन् ।

अहिले १० वटा भन्दा बढ़ी कम्पनीहरुको शेयर जारी गर्न पाइपलाईनमा रहेका छन् । यस्तै, एक दर्जन बढी कम्पनीले शेयर जारीको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले साधारण शेयर जारीको लागि  धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न बोर्डमा आवेद दिएको हो ।यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले साधारण शेयर जारी गर्न यस अघिनै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्ति गरिसकेको छ ।

मनकामना लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण शेयर ल्याउन आवेदन दिएको हो ।यस लघुवित्तले पनि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नै नियुक्ति गरिसकेको छ ।

सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ९ लाख कित्ता साधारण शेयर जारी गर्न अनुमति मागेको हो ।यस कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।





सम्बन्धित समाचार