PalikaExpress
२६ फाल्गुन २०७७, बुधबार
183 पटक हेरिएको
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ । मंगलबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको हो ।

यस हाईड्रोपावर कम्पनीले २०७७ असोज २१ गते १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । जसअनुसार बोर्डले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।कम्पनीले हकप्रद बिक्रीको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।