
शेयर बजारमा एक पछि अर्को गर्दै साधारण शेयर गरिरहेको अवस्थामा रिभर फल्स पावर कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको साधरण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता साधारण शेयर जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । अहिले कुनै पनि साधारण शेयर जारी गर्दा आबेदकको धेरै लाईन बैंक तथा बित्तीय संस्थामा भेटिन्छ भने ,तेस्तै मेरो शेयरबाट आबेदन दिनेको पनि धेरै नै छन ।
यस हाईड्रो पावर कम्पनीको साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे। रिभर फल्स पावरले संखुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।