PalikaExpress
२५ फाल्गुन २०७७, मंगलवार
324 पटक हेरिएको

२०७७ सालको एसईई परीक्षा यही मिति २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो ।परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए ।यसैगरी कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ ।