२५ फाल्गुन २०७७, मंगलवार   263 पटक हेरिएको


image

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत यी कम्पनीको साधारणसभा आज फागुन २५ गते हुँदैछ।


आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेसनले वार्षिक साधारणसभा आयोजना गर्न लागेका हुन्। सोहि सभाबाट बार्षिक लाभाग्स समेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ। निर्धन उत्थानको सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ। फागुन १० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउने सस्थाले जनाएको छ। भने एलआईसी नेपालको सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५२३३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ कार्यक्रम रहेको छ। फागुन ६ गतेसम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन सक्ने इन्सुरेन्स ले जनाएको छ।





सम्बन्धित समाचार