२४ फाल्गुन २०७७, सोमबार   563 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्न रेटिङ प्राप्त गरेको छ ।यस लघुवित्तलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसको अर्थ लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम किसिमको रहेको जनाउँदछ ।

लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ बराबरको १९ लाख ७७ हजार कित्ता आइपीओ निष्काशन गर्ने जनाइएको छ। हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

यस  कम्पनीले साधारण शेयर  जारी गर्न एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धमा नियुक्ति गरिसकेको छ ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १२१७.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २८४.४६ रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार