PalikaExpress
२४ फाल्गुन २०७७, सोमबार
506 पटक हेरिएको

काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनी दर्ता भएको छ। कम्पनीले ६६ करोड लगानी हुने उल्लेख गरेको छ। के स्थानियले पनि शेयर पाउला त ? भन्ने बिषय रोचक भएको छ। त्यसो त केहि समय अघि मात्र कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको चन्द्रागिरि हिल्स कम्पनिले स्थानिय लगाएतलाई १२ प्रतिशत सेयर करिब १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गरेको थियो।
चन्द्रागिरी केवल कारसंगै उपत्यकाभित्रै दुई नयाँ केबलकार कम्पनी दर्ता भएका छन् । ललितपुरको फुल्चोकी र काठमाडौंको नागार्जुनमा गरि दुई केबलकार संचालन गर्नको लागि कम्पनि दर्ता भएका हुन्।