२४ फाल्गुन २०७७, सोमबार   1045 पटक हेरिएको


image

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । यस लघु बित्त संस्थाको १०औ वार्षिक साधारण सभा चैत्र १८ गते काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ  ।सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ.ब.२०७६/७७को मुनाफाबाट संस्थाका शेयर लगानीकर्ताहरूलाई ९.२०% बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ % गरि कुल ९.६८२९४४% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, यसै सभाले अर्को लघुवित्त संस्थालाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा (FPO) निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.ब. २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यही मिति २०७७ चैत्र ८ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार