PalikaExpress
२३ फाल्गुन २०७७, आईतवार
585 पटक हेरिएको

आईतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ अंकमा बन्द भएको छ । हाइड्रोपावर र होटल एण्ड पर्यटन समूह बाहेक सबै समूहको राताम्य छाएको छ । आज आइतबार सबैभन्दा धेरै जीवन बीमा समूहका लगानीकर्ताले ३०६.३२ अंकले गुमाए ।



बिशेषत बजार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताब दर्ता गर्ने हल्लाले सेयर बजार घटेको हो भन्ने शेयर बजारका बिश्लेशक बताउछन। सर्बोच्च अदालतले संसद विघटन बदर गरेपछि आइतबार संसद बैठक बस्दै छ। आज कारोबार अबधी भर सबै भन्दा बढ़ी निफ्रा,नेपाल बैंक,अप्पर तामाकोशी ,ग्लोबल आईएमई बैंक आदी कम्पनीको कारोबार बढ़ी भएको थियो भने आज गुमाउने कम्पनीमा नेशनल हाईड्रो , साल्ट ट्रेडिंग ,बोटलर्श नेपाल आदि कम्पनी रहेको छ ।