२३ फाल्गुन २०७७, आईतवार   573 पटक हेरिएको


image

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME)ले यही मिति २०७७ चैत १ गतेबाट एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको  छ । जम्मा ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र मध्ये बैंकले ५% सामूहिक लगानी कोषका लागि छुट्याइएको,बाकी रहेको कित्ता सर्वसाधारणको लागि निष्काशन गरिनेछ साथै, १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड़ रुपैयाँ बराबरको बिक्री गर्न लागेको हो । बैंकले ८ वर्ष अवधिको लागि‘८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ नाम गरेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार