२१ फाल्गुन २०७७, शुक्रबार   359 पटक हेरिएको


image

प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा  दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज शुक्रबार हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका हुन् ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित समारोहमा हस्ताक्षर गरेका हुन्। उनले तीन बुँदे सहमति सरकार र आफ्नो पार्टीबीचको मात्रै नभई सुन्दर देश बनाउने महान् आकांक्षा लुकेको बताए।

उनले भने, यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी र केही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ ।दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेता कार्यकर्ता रिहाइ लगायत तीनबुँदे सहमति भएको थियो। पार्टीका महासचिवले नेपाललाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना अनुसार सहमतिमा आएको भन्दै उनले देशमा दीर्घशान्ति, स्थीरता कायम गर्ने र समृद्ध नेपाल र नेपालीको जीवनको चाहना रहेको ऊंहाले बताउनु भएको छ।





सम्बन्धित समाचार