२१ फाल्गुन २०७७, शुक्रबार   848 पटक हेरिएको


image

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले यही मिति२०७७ चैत ६ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । यस कम्पनीले १०० रुपैया अंकित २९ लाख कित्ता मध्य ,२ % ५८ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ % को १लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्ब साधारणका लागि निष्कासन गर्ने लागेको हो ।

यस कम्पनीको साधारण शेयर यही मिति २०७७ चैत्र ६ गतेबाट बिक्री खुला भएर छिटोमा चैत्र १० गते र ढिलोमा चैत्र २० गते सम्म बिक्री खुला रहने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको साधारण शेयरमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।





सम्बन्धित समाचार