
ज्योति लाईफ ईन्सुरेन्स कम्पनीको साधारण शेयर निष्कासन आज फाल्गुन २१ गते देखि हुने भएको छ। ईन्सुरेन्स कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही मिति २०७७ फागुन २३ गतेदेखि साधारण शेयर निष्कासन गर्ने तयारी गरेको थियो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको कम्प्युटर प्रणालीमा प्राविधिक समस्या आउन सक्ने भन्दै निष्कासनको मिति सार्न सुझाएपछि कम्पनीले यही मिति २०७७ फाल्गुन २१ गते शुक्रवारदेखि निष्कासनको तयारी गरेको हो ।
साथै कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले पनि यस बारे जानकारी दिएको छ । साधारण शेयर निष्काशन मिति परिवर्तन भएसँगै छिटोमा फाल्गुन २६ र ढिलोमा चैत ६ गतेसम्म मा आवेदन दिन सकिनेछ । कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ५% अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ। यस कम्पनीको साधारण शेयरको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस साधारण शेयरमा लगानिकर्ताले १० कित्ता सम्मको लागि आबेदन दिंदा उपयुक्त हुनेछ किनकी यही २०७७ फाल्गुन १५ गते सम्मको डिम्याट खाता खुलाउनेको संख्या २९ लाख ४० हजार नाघेको जनाएको छ। सोही हिसाबले पनि धेरै कित्ताको लागि पैसा होल्ड नगर्दा नै बेस हुनेछ।