
लगातार घटि रहेको बजार आज साताको अन्तिम दिन बिहीबार भने हरियाली फर्किएको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेको छ ।


आज बजारमा हरियाली छाऊदा चन्द्रगिरि हिल्स लिमिटेड, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधीक नाफा कमाएका छन् भने गुमाउनेमा NMB50 म्यूचुअल ,ICFCD83 डिबेंचर ,एभरेस्ट इन्सुरेन्स कम्पनी प्रमोटर शेयर आदि कम्पनीका लगानी कर्ताले घाटा ब्योहोरेका छन।

त्यसै गरि ,आज सबै भन्दा बढ़ी कारोबार हुनेमा निफ्रा ,शिखर इन्सुरेन्स,नबिल बैंक ,नेपाल टेलीकम,नेपाल लाईफ ईन्सुरेन्स आदि कम्पनीको शेयर रहेको छ ।