१९ फाल्गुन २०७७, बुधबार   296 पटक हेरिएको


image

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ७ स्थित सिसौली घाटस्थित कोशी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० बर्षिय दुर्गा माझीलाई एपीएफ टोलीले फागुन १८ गते सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले उनको तत्कालै उद्धार गरेकोे हो ।

माझीजातीहरुको महान चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर सो घा;टमा जाने क्रममा उनलाई नदीले बगाएको थियो । सोही ठाउँमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै तत्कालै गएर सो घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।





सम्बन्धित समाचार