१९ फाल्गुन २०७७, बुधबार   539 पटक हेरिएको


image

नेपाल सरकारले बिधुतीय भुक्तानी कारोवारलाई बढावा दिँदै आएकोमा हाल आएर सोको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले बिधुतीय माध्यमबाट गरिने कारोवारको दायरा बढाएको हो । बिधुतीय भुक्तानीलाई प्रोत्साहन र सहज बनाउन नेपाल राष्ट्र बैंकले भुक्तानीको सीमा दोब्बर बनाएको छ। बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको अधिकतम सीमा बढाएर दोब्बर बनाइएको जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार अब मोबाइलबाट दैनिक २ लाख रुपैयाँ सम्म कारोबार गर्न सकिने भएको हो। यसअघि मोबाइल बैंकिङबाट दैनिक १ लाख सम्म कारोबार गर्न सकिने अवस्था रहेको थियो ।राष्ट्र बैंकले अनलाइन कारोवारलाई महत्वका साथ दिएकोले कारोवार सिमा बढाएको हो ।

यसैगरि सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क, बिधुत, दूरसञ्चार, खानेपानी, बीमा शुल्क, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा लागू नहुने जनाइएको छ ।शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पतालरनर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट, धितोपत्र कारोबारमा पनि सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।





सम्बन्धित समाचार