
मोलुङ्ग हाईड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको प्राथमिक साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले साधारण शेयर जारी गर्न सनराईज क्यापिटललाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले आयोजना प्रभावित ओखलढुंगाका स्थानीयलाई ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता र सर्वसाधरणका लागि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले यसअघि साधारण सभाबाट साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिने र बोर्डको अनुमति पाउने बित्तिकै आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।यस हाईड्रोपावर कम्पनीको सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ओखलढुंगाको मोलुङ्ग खोलामा ७ मेगावाट जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत १२ गतेबाट व्यापारिक बिधुत उत्पादन शुरु गरी संचालनमा रहेको छ ।