१९ फाल्गुन २०७७, बुधबार   187 पटक हेरिएको


image

नेपाल टेलिकमले गत आ.ब २०७६/७७ को लाभांश घोषणा गरेको छ  ।टेलीकमले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई  प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको हो।

यस नेपाल टेलीकमले आ.ब. २०७५/७६ मा प्रतिसेयर ४५ रुपैयाँ लाभांश दिएको थियो । भने बिभिन्न आ.ब. मा  क्रमशः २०७४/७५ मा प्रतिसेयर रुपैयाँ ५५, २०७३/७४ मा प्रतिसेयर रुपैयाँ ५५ र २०७२/७३ मा प्रतिसेयर रुपैयाँ ५१, २०७१/७२ मा प्रतिसेयर रुपैयाँ ५०, २०७०/७१ मा प्रतिसेयर  रुपैयाँ ४७  र २०६९/७० मा रुपैयाँ ४६ बोनस सेयर वितरण गरेको थियो ।

कम्पनीको सञ्चालक समितिको ८८८ औ बैठकको निर्णय अनुसार यही मिति २०७७ फाल्गुन १९  बुधबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । 





सम्बन्धित समाचार