१९ फाल्गुन २०७७, बुधबार   5446 पटक हेरिएको


image

सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर (FPO)को रेटिङ सम्पन्न गरेको छ । यस कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

यस अघि नै कम्पनीको शेयर निष्कासनमा बुक विल्डिङ प्रणाली लागू गर्ने निर्णय भए संगै सर्बोत्तम सिमेन्टको काठमाण्डौमा सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन साधारण शेयर बुक विल्डिङ विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा सर्वसाधारणलाई सेयर बेच्ने गरी साधारण शेयर (FPO) प्रक्रिया अघि बढाएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट सेयर मूल्य निर्धारण गरी सर्वसाधारणमा बिक्री गर्ने प्रक्रिया अघि बढाए संगै न्यूनतम मूल्य साढे ७ सय रुपैयाँभन्दा बढी हुने जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सेयर मूल्य निर्धारण गरी सर्वसाधारणलाई सेयर बेच्न पाउने नीति अघि सारेपछि सर्वोत्तम सर्वसाधारणलाई सेयर बेच्न अग्रसर भएको हो ।

कम्पनीले सर्वसाधारणलाई सेयर बेच्ने प्रक्रिया अघि बढाउँदै पहिलो चरणमा न्यूनतम मूल्य ७ सय ५० रुपैयाँ तय गरेको हो । यद्यपि, सेयर बिक्री गर्ने अवस्थासम्म आउँदा यो मूल्यमा सामान्य हेरफेर हुन सक्ने सम्भावनालाई भने कम्पनीले अहिलेनै यो मूल्य अन्तिम ही भनि सकेको छैन।यस कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले बुक विल्डिङ विधिबाट साधारण शेयर खरीद गर्नु पर्नेछ।शेयरमा खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने न्यूनतम बाँडफाँड हुने कित्ता पनि ५० नै हुनेछ ।त्यसकारण लगानीकर्ताले  न्यूनतम ५० कित्ता दिने नियम भए संगै यसमा ५० कित्ता मात्र दिनु राम्रो हुनेछ, नयाँ नयाँ लगानीकर्ताको चाप बढेकोले धेरै कित्ताको लागि आबेदन दिनु पर्ने कारण नभएको बजार जानकारहरु बताऊ छन ।





सम्बन्धित समाचार