
ज्योति लाईफ ईन्सुरेन्स कम्पनीको साधारण शेयर निष्कासनको मिति अगाडी आउने भएको जानकारी प्राप्त भएको छ । यस ईन्सुरेन्स कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही मिति २०७७ फागुन २३ गतेदेखि साधारण शेयर निष्कासन गर्ने तयारी गरेको थियो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको कम्प्युटर प्रणालीमा प्राविधिक समस्या आउन सक्ने भन्दै निष्कासनको मिति सार्न सुझाएपछि कम्पनीले यही मिति २०७७ फाल्गुन २१ गते शुक्रवारदेखि निष्कासनको तयारी गरेको हो ।
यसका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको जानकारी प्राप्त भए संगै यस सम्बन्धी सूचना कम्पनीले भोलि मिति २०७७ फाल्गुन १९ सार्वजनिक गर्ने जानकारी उनले दिए। साथै कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले पनि यस बारे जानकारी दिएको छ । साधारण शेयर निष्काशन मिति परिवर्तन भएसँगै छिटोमा फाल्गुन २६ र ढिलोमा चैत ६ गतेसम्म मा आवेदन दिन सकिनेछ । कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।